काठमाडौं, चैत २६ – स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष तथा ज्योती ग्रुप अफ कम्पनिजका निर्देशक सौरभ ज्योतीले कोरोना भाइरसको महामारीबाट बच्नका लागि सहयोगको हात अगाडी बढाएका छन् ।
नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा।लिका अध्यक्ष ज्योतीले कोरोना महामारी विरुद्ध लड्न सार्वजनिक स्थानहरुमा किटनासक औषधि छकर्नको निमित्त ७ लाख रुपैयाँ बराबरको १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।
ज्योतिले मंगलबार एक कार्यक्रम माझ नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर हस्तान्तरण गरेका हुन् ।
यसका साथै उनले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS