काठमाण्डौं – स्टार हस्पिटल र नेपाल बंगलादेश बैंक (एनबी बैंक) बीच सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा अस्पतालका सिओओ डा. सन्देश जिसी र बैंकका डिपुटी सिइओ सुरेन्द्रभूषण श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौतापछि अस्पतालले बैंकका ग्राहक, कर्मचारी तथा उनीहरुका परिवारले उपचार खर्चमा छुट पाउनेछन्।
छुट लिन गर्न सेवाग्राहीले बैंकको प्रिभिलेज, डेबिट वा क्रेडिट कार्ड देखाउनुपर्नेछ।
FACEBOOK COMMENTS