काठमाडौं– स्थानीय तहका लागि छुट्याएको बजेट बाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा परिचालन गर्न दिएको छ।
अर्थमन्त्रालयले स्थानीय तहको बजेटमध्ये ५० प्रतिशत रकम बैंकलाई निक्षेपका रुपमा परिचालन गर्न बाटो खोलिदिएको हो।
अहिले स्थानीय तहको बैंक खातामा पैसा हालिदिने बित्तिकै भोलीपल्ट केन्द्रीय बैंकले तान्ने गरेको थियो ।
स्थानीय तहले खर्च गरेपछि मात्र त्यो पैसा बैंकहरुले निक्षेपका रुपमा परिचालन गर्न पाउँथे।
स्थानीय तहलाई पठाएको बजेटको ५० प्रतिशत रकम सम्बन्धित बैंकले प्रयोग गर्न पाउँछन्।
अहिले स्थानीय तहहरुको खातामा ८० अर्ब रुपैयाँ थियो। यसमध्ये बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेपका रुपमा परिचालन गर्न पाएका हुन्।
४० अर्बको ८० प्रतिशत रकम बैंकहरुले ऋण दिनसमेत पाउँछन्।
अहिले बैंकहरुसँग पैसा नहुँदा ४५० अर्ब रुपैयाँभन्दा बढिका फाइल पेन्डिङमा परेका थिए। ४० अर्ब निक्षेप आउँदा तत्कालको समस्या समाधान हुने बैंकर बताउँछन्। तर राष्ट्रबैंकले बाणिज्य बैंकलाई ऋण लगानी गर्दा संयम अपनाउन भनेको छ ।
FACEBOOK COMMENTS