काठमाण्डौँ — मन्त्रिपरिषद्को बैठक पेपरलेस (कागजविहीन) भएसँगै स्थानीय तहलाई कागजविहीन बनाउने गृहकार्य अघि बढाएइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सहकार्य गरेर त्यसको गृहकार्य अघि बढाएको हो ।
गत श्रावण १० गते कार्यालयले मन्त्रिपरिषद्को बैठक स्वचालित प्रणालीअनुसार सञ्चालन गरी कागजविहीन बनाइएको थियो।
मन्त्रालयले ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरिरहेको हो ।
सो प्रणाली लागू भएपछि ७ सय ५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिको प्रशासनिक कार्यमा कागज प्रयोग गर्न नपर्ने स्थिति हुने बताइएको छ ।
प्रणाली प्रयोगमा ल्याइसकेपछि स्थानीय तहका काम पूर्णतया डिजिटलमा जानेछन् ।
— समाचारपत्र
FACEBOOK COMMENTS