काठमाडौं – स्थापित कम्पनीको जस्तै ट्रेडमार्क जस्तै सिर्जाना गरेर विभिन्न व्यवसायीहरुले आफ्नो व्यापार गर्ने प्रवृति नेपालमा बढेको छ ।
विषेशगरी विदेशमा स्थापित कम्पनीको नक्कल गर्ने गरेको बजारमा प्रसस्तै देख्ने गरिन्छ ।
नक्कल गरि उत्पादन भएका सामग्रीको गुणस्तरमा पनि बेला बेला प्रश्न उठ्ने गरेको छ ।
नेपाल प्रवेश गर्न सक्ने सम्भावित विदेशी कम्पनीसँग मिल्दो ट्रेडमार्क दर्ता गरेर होल्ड गर्ने प्रवृत्ति यसअघि व्याप्त नै थियो ।
यस्तै प्रवृत्तिको सिकारमा परेको थियो जापानी पेन्ट्स उत्पादक कम्पनी कान्साई नेरोल्याक । तर उक्त पेन्ट्स नेपाल प्रवेश गर्नुअघि नै त्यस्तै किसिमको आरसीआई नेरोल्याक दर्ता भएकोले विश्व बजारमा स्थापित आफ्नो ट्रेडमार्क कान्साईले यहाँ प्रयोग गर्न पाएन । अहिले बजारमा आफ्नो वास्तविक ट्रेडमार्क गुमाएर जेएनपी पेन्ट्सको नाममा विक्रि गरिरहेको छ ।
पछिल्लो पटक यस्तै नक्कली ट्रेडमार्कको मारमा परेको छ भारतीय चर्चित मुसाला उत्पादक बीएमसी । बीएमसीको स्थापित ट्रेडमार्क जस्तै देखिने गरी स्थानीय मसाला उद्योगले प्रचार गर्न थालेपछि बीएमसी समस्यामा परेको छ । करिब उस्तै ट्रेडमार्कमा बजारमा उपलब्ध मसालाले पछिल्लो समय प्रत्येक महिना ४० कार्टुन मिक्स मसाला डिलरले लिएमा आकर्षक उपहार उपलब्ध गराउने घोषणा गरेको छ ।
भारतीय बीएमसीले आफ्नो कम्पनीले त्यस्तो कुनै किसिमको अफर नल्याएकोले यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरेको छ ।
अरुको टे«डमार्कको प्रयोग गरी गर्ने व्यवसाय प्रति सरोकारवाला निकाय चिन्तित देखीन्छ ।
FACEBOOK COMMENTS