नेपालको आफ्नै भू–उपग्रह स्याटेलाइट राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्याटेलाइट प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए ।
प्रस्ताव पेस गरेका सो कम्पनीमध्येबाट नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनी छनोट गरेको हो । प्राधिकरणले फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, युएईको एसथ्री टेल इङ्क र थाइल्यान्डको थाइकमलाई सट लिस्टमा राखेको हो । यसअघि उत्कृष्ट कम्पनी नआएको भन्दै प्राधिकरणले स्याटेलाइट जडानको प्रक्रिया नै रद्द गरेको थियो ।
यी चार कम्पनीले बुझाएको प्राविधिक र आर्थिक मूल्याङ्कनका आधारमा उत्कृष्ट एक कम्पनीलाई स्याटेलाइट प्रक्षेपणसम्बन्धी काम सुरु गर्न प्राधिकरणले अनुमति दिनेछ ।
FACEBOOK COMMENTS