काठमाण्डौँ — सरकारले स्वदेशी निर्यातयोग्य उद्योगलाई प्रोत्साहन गर्ने गरी निर्यातमा पाँच प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।
मुलुकमा आयात बढीरहेको बेला स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्नका लागि पाँच प्रतिशत अनुदान दिने भएको हो ।
निर्यातजन्य उद्योगले वस्तु निर्यात गरेवात तिन देखि पाँच प्रतिशत सम्म अनुदान रकम पाउने छन ।
यस अघि निर्यातजन्य उद्योगलाई निर्यात अनुदान दुई प्रतिशत थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ मन्त्रिपरिषद्ले हालै पारित गरेसँगै अब निर्यातजन्य उद्योगले पाँच प्रतिशत नगद अनुदान पाउने भएका हुन् ।
व्यापार विज्ञ मुरारी प्रसाद गौतम निर्यातयोग्य वस्तुको प्याकेज नै गराएर अनुदान दिन सके मात्र स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्न सकिने बताए ।
— कारोबार
FACEBOOK COMMENTS