काठमाण्डौँ — काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भए पछि महानगरवासीलाई सचेत गराउन थालेको छ ।
कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोका लगायत पशुपंक्षीबाट हुनसक्ने खतराबाट जोगाउन कामपाले यो बर्ष रोगी खसीबोका जफत गर्ने बताए ।
दशैंको मौका छोपेर राजधानीका चौपाया बिक्री केन्द्रमा बिरामी भएका खसी बोका बिक्री गर्ने प्रचलन बढेको उनले बताए ।
उनका अनुसार, स्वच्छ मासु प्रयोग गर्न नाका नाकामा परीक्षण गरिनेछ ।
— नेपाल समाचारपत्र
FACEBOOK COMMENTS