काठमाडौं, ५ माघ – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको माघ ४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड ६७ लाख ७ हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
FACEBOOK COMMENTS