काठमाडौं,चैत १९- सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ।
बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य उपकरण खरिद गर्नका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको जनाएका हुन् ।
उनले बजार मूल्य भन्दा २० प्रतिशत महंगोमा ठेक्का सम्झौता गरिएको स्वीकार गरे । ओबिसिआईले प्रतिवद्धता अनुसार समान ल्याउन नसकेपछि सम्झौता रद्ध गरेर ५ करोड रुपैयाँ धरौटी जफत गरि कालो सूचिका लागि सिफारिस गरिएको पनि बताए ।
उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए ।
ओम्नीले बोलकबोल गरेको मध्ये १८ प्रतिशत सामान मात्रै नेपाल ल्याउन सकेको र थप सामान ल्याउन नसकेको तथा ल्याउने प्रतिवद्धता पनि जाहेर नगरेको भन्दै सम्झौता रद्द गरेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS