काठमाडौं, कार्तिक २१ – कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
सङ्क्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र नेपाल सरकारले जारी गरेको स्वास्थ्य सावधानीका उपाय समेत अवलम्बन नगर्ने गरेको गुनासो बढेको भन्दै त्यस्ता व्यक्तिको हकमा कारवाही गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए ।
समाजका प्रतिष्ठित व्यक्तिले समेत स्वास्थ्य सावधानीका उपाय अवलम्बन गरेको नपाइएको उनको भनाइ छ । समाजमा सङ्क्रमण बढ्दो क्रममा रहेको अवस्थामा बढ्दो असावधानीले थप जोखिम बढाउने निष्कर्षसहित उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।
FACEBOOK COMMENTS