काठमाडौं, मंसिर ३– स्वास्थ्य तथा जनसंख्या मन्त्राललये एन्टीबायोटीक जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ। चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक औषधिको मात्र नमिलाई अत्याधिकमात्र प्रयोगले गर्नाले हानीकारक हुन सक्ने भन्दै ब्याक्टेरीयाका विरुद्धमात्र एन्टीबायोटीक प्रयोग गर्न मन्त्राललये आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतममले ‘एन्टीमाइक्रोबिएल सचेतना सप्ताह’ पारेर एन्टिबायोटिक ब्याक्टेरियाका विरुद्धमात्र प्रयोग हुने हुँदा यस्ता औषधिले भाइरसका विरुद्ध काम गर्न नसक्ने भन्दै प्रयोगशाला परीक्षणबाट भाइरसबाट भएको हो कि ब्याक्टेरियाबाट भएको हो भनेर एकिन गरेरमात्र औषधिको प्रयोग गर्न अनुरोध गरेका छन्।
‘कोभिड १९ संक्रमण भाइरसका कारण हुने हुदा कोभिड१९ को उपचारमा पनि एन्टिबायोटिकहरुले काम गर्न सक्दैनन्। यस्तो अवस्थामा एन्टीबायोटीकको अनुचित प्रयोग गर्दा एन्टिबायोटिक प्रतिरोधको जोखिमलाई झन बढाउँछ र भविष्यमा सामान्य खालको संक्रमण हुँदाको अवस्थामा निको नहुने र मानिसहरु झन जोखिममा पर्ने सम्भावना रहन्छ ,’उनले भने।
यो वर्षको नारा ‘एन्टीमाइक्रोबिएल अर्थात एन्टिबायोटिक औैषधिहरु सावधानीका साथ प्रयोग गरौँ’ भन्ने रहेको छ। १८ नोभेम्बर देखी २४ नोबेम्बर सम्म विश्वभरीनै विभिन्न कार्यक्रम गरी मनाइदैँ छ।
FACEBOOK COMMENTS