काठमाडौँ, फागुन १९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै दुई सय ३३ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयले वेवसाइटमा राखेको तथ्यांकमा मृत्यु भएकाको संख्या दुई ३३ देखाइएको हो । वास्तवमा यो कोरोनामुक्त हुनेको संख्या हो ।
जसमा थपिएका संक्रमितको संख्या भने ८७ जना देखाइएको छ भने ६२ जना कोरोनामुक्त भएको उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित थप भएका छन् । त्यसैगरी दुई ३३ जना कोरोनामुक्त भएका छन् भने एकजनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS