काठमाडौं,चैत ११- विश्वलाई नै चिन्तित बनाएको कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।
संभावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग स्वास्थ्य सामाग्रीसहितको चिनियाँ विमान नेपाल आउने भएको छ। चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।
नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो। सोमबार मात्रै चिनियाँ राजदूत होउ यान्कीले यो संकटको बेलामा नेपाल एक्लै नरहेको बताउँदै चीन सदैव साथमा रहेको उल्लेख गरेकी थिइन्।
FACEBOOK COMMENTS