बिराटनगर, जेठ ३१ – चौधरी ग्रुपले स्वास्थ सामग्री हस्तान्तरण गर्दै प्रदेश १ मा आफ्नो प्रादेशिक कार्यालय शुभारम्भ गरेको छ । आइतबार एक कार्यक्रम गर्दै कार्यालयको उद्घाटन भएको गरिएको हो ।
कोभिडका कारण सुरक्षा सावधानी तथा सामाजिक दूरी कायम गर्दै प्रदेश सांसद शेखर चन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यालयको शुभारम्भ गरिएको हो ।
कार्यालय सुभारम्भको अवसरमा ग्रुपले अक्सिजन आपूर्तिमा कठिनाई हुने १ नं प्रदेशका इलाम तथा भोजपुर जिल्ला अस्पतालहरुलाई २/२ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत सम्बन्धित अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।
सांसद थापाले कोभिड–१९ को महामारिको संक्रमणबाट जोखिममा परेका बिरामीहरुको उपचारमा सरिक सरकारी तथा सामुदायिक अस्पतालहरुलाई चौधरी फाउण्डेशनले प्रदान गर्दै आएको स्वास्थ सामग्रीले संक्रमणको सम्भावित जोखिममा रहेका बिरामीहरुको उपचार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।