काठमाडौं, कात्तिक २१ – कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणले स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना गरिएको छ। उनलाई बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको पारिवारिका स्रोत जनाएको छ। उनमा श्वास – प्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्यााइएको थियो।
अस्पतालका एक चिकित्सकका अनुसार उनको छातिको एक्सरे गरिएको र फोक्सोमा निमोनियाँ देखिएको छ। उनको फोक्सोको अवस्थाबारे हेर्न शुक्रबार पनि एक्सरे गर्न लागिएको एक चिकित्सकले जनाएका छन्।
गजुरेललाई कोरोना उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधी, अक्सिजन दिइरहेको र आवश्यकता अनुसार प्लाज्मा थेरापी समेत दिने योजना बनिरहेको स्रोतले जानकारी दिएको छ।
FACEBOOK COMMENTS