काठमाडौं । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
होटलले १ः०.८० अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । हकप्रद सेयर जारी पश्चात चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS