काठमाण्डौं — अर्थ संसार, भक्तपुर–सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्त रुपमा हनुमन्ते नदीलाई व्यवस्थित गर्दै नयाँ शहर निर्माण गर्ने भएका छन् ।
मध्यपुरथिमि नगरपालिकाले यहाँ आयोजना गरेको हनुमन्ते करिडोर निर्माण तथा जग्गा एकिकरणबारे दुवै नगरपालिकाबीचको संयुक्त विस्तारित बैठकमा भक्तपुर २ न क्षेत्रका प्रतिनिधिसभा एवं प्रदेशसभाका सांसद महेश बस्नेतसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले नदीको ५०० मिटर क्षेत्रभित्रको जग्गामा एकिकरण आयोजना सञ्चालन गर्दै नयाँ, व्यवस्थित र सुरक्षित शहर निर्माण गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सूर्यविनायकका प्रमुख थापाको संयोजकत्वमा मध्यपुरथिमिका प्रमुख श्रेष्ठ सहसंयोजक र आयोजना क्षेत्रभित्र पर्ने दुबै नगरपालिकाका वडाअध्यक्ष सदस्य रहनेगरी आयोजना व्यवस्थापन समिति गठन गरिएको छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS