धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ– १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफुले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट गरेकी छन् ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गर्दै उम्मेदवारी फिर्ता लिने जानकारी दिएकी आशिकाले सामाजिक सञ्जालमा लेख्दै आफुले उम्मेद्वारी फिर्ता नलिएको स्पष्ट गरेकी हुन् ।
उनले भनेकी छन्– ’हल्लाको पछि नलागौं, चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु म ।’
उनले इमेल र फोनमा उम्मेदवारी फिर्ता लिने भनेपछि निर्वाचन अधिकृतको कार्यालयले स्वयं उपस्थित भएर सनाखत गर्न आग्रह गरेको थियो ।
FACEBOOK COMMENTS