काठमाडौं ,कार्तिक १२ – एमएनटिभी अष्ट्रेलियाले अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता गर्ने भएको छ। विश्व कोरोना भाइरस (कोभिड १९)को महामारीको चपेटामा परेको विषम परिस्थितिमा ‘हल अफ फेम सिजन २’ नामक गायन प्रतियोगिता गर्ने एमएनटिभीले जनाएको छ।
नेपाल र नेपालबाहिर विश्वमा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत संगीतको माध्यमबाट जोड्दै उनीहरुको सिर्जनात्मकतालाई निखार्दै संगीत क्षेत्रलाई एउटा प्रतिभाशाली सर्जक प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएको छ।
प्रतियोगितालाई एमएनटिभी अष्ट्रेलियाका साथै नेपालको एक राष्ट्रियस्तरको टेलिभिजनबाट समेत प्रशारण गर्ने योजना बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल रहेछन्। कार्यक्रममाको संञ्चालन मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठले गर्नेछिन्।