काठमाण्डौँ — नेपालमा दर्ता भएका वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुको दुर्घटनामा परी ज्यान गएमा पाउने बिमाबापत क्षतिपूर्ति ८ गुणाले बढेको छ ।
शनिबारदेखि १ लाख १३ हजार १ सय एसडीआर (१ करोड ७९ लाख रुपैयाँ) बिमाबापत क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् ।
एसडीआर (स्पेसल ड्रइङ राइट्स) भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको मानक मुद्रा हो ।
यसअघि वार्सा महासन्धिअनुसार कायम गरिएको व्यवस्था भन्दा यो क्षतिपूर्ति ८ गुणाले बढेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।
उनका अनुसार यसअघि वार्सा महासन्धि १९२९ र त्यसको हेग प्रोटोकल १९५५ अनुसार हवाई दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारजनलाई २० हजार अमेरिकी डलर (२२ लाख ९८ हजार) हाराहारी प्रतियात्रु क्षतिपूर्ति दायित्व थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS