काठमाडौं, पुष १४ – कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको जङ्गली हात्तीले आक्रमण गर्दा सुनसरीमा एकजनाको ज्यान गएको छ ।
आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट कोशी गाउँपालिका-५ बस्ने मोती यादवको मृत्यु भएको स्थानीयले जानकारी गराएका छन् ।
आरक्षका कर्मचारी र स्थानीय प्रहरी घटनास्थलमा पुगेका छन् ।
दुई साता अघि यही गाउँपालिकामा एक जना युवकको हात्ती अक्रमणका कारण मृत्यु भएको थियो ।
हात्तीले बारम्बार मानवीय क्षति पुर्याए पनि सरकारले यस वारेमा गम्भिर नभएको भन्दै स्थानीयले अहिले इनरुवा भण्टावारी सडक खण्डको नहर चौकमा यातायात अवरुद्ध गरेका छन् ।।
FACEBOOK COMMENTS