काठमाडौं, वैशाख २९ –अनलाइन प्लेटफर्म ‘हाम्रो डक्टर’ले निःशुल्क कोभिड परामर्श सेवा सुरुअनलाइन प्लेटफर्म ‘हाम्रो डक्टर’ले निःशुल्क कोभिड परामर्श सेवा सुरुअनलाइन प्लेटफर्म ‘हाम्रो डक्टर’ले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ । वेबसाइट तथा मोबाइल एपबाट अनलाइन स्वास्थ्य हेरचाहको सुविधा दिँदै आएको ‘हाम्रो डक्टर’ प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको अवधिभर प्रयोगकर्तालाई निःशुल्क परामर्श सेवा सुरु गरेको हो ।
यसअघि हाम्रो डक्टरले सःशुल्क रुपमा चिकित्सकीय परामर्श सेवा दिँदै आएको थियो । ‘हाम्रो डक्टर’ को मोबाइल एपको परामर्श खण्डमा गएपछि आउने कोरोना कल्सल्टेसनमा प्रयोगकर्ताले बिना शुल्क चिकित्सकहरुसँग परामर्श लिन सक्ने कम्पनीका सीईओ उद्धवराज भेटुवालले बताए ।
यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र त्यहाँका बासिन्दालाई लक्षित गरी हटलाइन सेवा पनि सुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ‘हाम्रो डक्टर’ले तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरी चिकित्सकहरुसँग कोरोना संक्रमण सम्बन्धी जानकारी तथा परामर्श लिन सकिने छ । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टरबाट चिकित्सक, अस्पताल, एम्बुलेन्स लगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकहरुसँग अनलाईन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिद लगायत सेवा लिन सकिन्छ ।
FACEBOOK COMMENTS