काठमाण्डौँ — चालु आर्थिक वर्ष मुलुकभर स्वास्थ्य बिमा पुर्याउने सरकारी लक्ष्य भए पनि हालसम्म ३६ जिल्लामा मात्र पुगेको छ ।
काम कारबाहीमा ढिलासुस्ती, लामो समयसम्म बिमा बोर्डमा नेतृत्व चयन हुन नसक्नुलगायत कारण हालसम्म लक्ष्यभन्दा आधा कम जिल्लामा पनि स्वास्थ्य बिमा पुग्न नसकेको हो ।
हाल स्वास्थ्य बिमा पुगेको जिल्ला गत वर्षकै लक्ष्यभन्दा पनि कम हो ।
गत वर्ष ३८ जिल्लामा यो कार्यक्रम पुर्याउने लक्ष्य थियो ।
गरिब, विपन्नलगायत लक्षित वर्गका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले सरकारले तीन वर्षअघि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।
०७२ चैतदेखि नमुनाका रूपमा कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो ।
त्यतिबेला आउँदो तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने सरकारको योजना थियो ।
उक्त अवधि यही वर्षको अन्त्यमा सकिँदै छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS