काठमाण्डौँ — आइतबार रातिको हावाहुरीले प्रभावित बारा र पर्सामा गृह मन्त्रालयले ४६८ वटा त्रिपालसहित कपडालगायतका सामग्री पठाएको छ ।
मन्त्रालयकाअनुसार ४६८ वटा त्रिपाल, ४ हजार १ सय ३८ थान कपडासहित ३ ट्रक सामग्री बारा पुगेको छ ।
पीडितहरुलाई खाद्यान्न लगायतका सामग्री स्थानीय स्तरबाट व्यवस्था भइरहेको मन्त्रालयले जनाएको छ।गृह मन्त्रालयले घटनाप्रति दुस्ख व्यक्त गर्दै आवश्यक प्रतिकार्यमा सबै सरोकारवालाबाट सहयोगको अपेक्षा समेत गरेको छ।
यसैबीच नेपाल प्रहरी श्रीमती संघले ५ हजार थान त्रिपाल, खाद्यान्न, कपडा लगायतका सामग्री सहयोग गर्ने भएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS