काठमाण्डौँ — गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्सले दशैं, तिहार र छठको अवसर पारेर ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले नजिकिदै गरेको नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ ।
‘स्क्रयाच गरी, उपहार जीति, दंङ परि’ योजना अन्तर्गत ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्नेछन् ।
प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।
‘खुर्कियो कि फुर्कियो’ योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS