काठमाडौं, कात्तिक १६ – हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको ४ लाख १० हजार ८८० कित्ता शेयर सूचीकृत गराएको हो ।
यो बोनस शेयर कम्पनीले गत असार २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त सभामार्फत कम्पनीले बोनस शेयर कर समेत गरी ३ दशमलव ७५ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव पारित गरेको थियो । उक्त नगद लाभांश भने कम्पनीले वितरण गरिसकेको छ ।
FACEBOOK COMMENTS