काठमाडौं– हिमालयन बैंकले चालु आर्थिक बर्षमा २३.६२ प्रतिशतले नाफा बढाएको छ । हिमालयन बैंकले पुससम्ममा एक अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको छ ।
हिमालयन बैंकले व्याज आम्दानी २३ प्रतिशतले बढाएको छ भने निक्षेप संकलन १४.५४ प्रतिशतले बढाएको बैंकले ऋण लगानी भने २०.४१ प्रतिशतले विस्तार गरेको छ।
६ महिनाको अवधिमा एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९८ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। नाफामा सुधार आए सँगै प्रतिशेयर आम्दानी ४.८३ रुपैयाँले बढेर ३२.०९ प्रतिशत पुगेको छ।
FACEBOOK COMMENTS