काठमाडौं । हिमालयन बैंकले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्ने छ । आवेदनकर्ताले न्यूनतम १० कित्ता र अधिकत सबै कित्तामा आवेदन दिन सक्नेछन् ।
एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा माग अनुसार आवेदन परेको खण्डमा साउन १४ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटलले छ । एफपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिने दिन सकिने छ ।
बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्कासन गरेको हो ।
FACEBOOK COMMENTS