असोज २७, काठमाडौँ ।हिमालयन बैंक लिमिटेडको २०७८ साल असोज २० गते बसेको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८५ बोनस शेयर र ४.६२५ नगद लाभांश गरी कुल २६५ लाभांश प्रदान गर्ने निर्णय गरेको थियो ।
गत आर्थिक वर्षको मुनाफाबाट हाल ९ ओटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकले हालसम्म लाभांश सार्वजनिक गरेका हुन् ।
हालसम्म सार्वजनिक ९ ओटा वाणिज्य बैंकहरुको प्रस्तावित लाभांशलाई हेर्दा हिमालयन बैंकले सर्वाधिक २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बैंकले विगत तीन वर्षपछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।
FACEBOOK COMMENTS