काठमाडौं, पुस २७ – हिमालयन बैंकले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सोमवार सम्पन्न वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभा कोरोना महामारी कारण भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ३७ करोड २२ लाख रहेको छ ।
१४ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. १० अर्ब ६८ करोडभन्दा बढी पुग्नेछ । हालसम्ममा बैंकले ७० ओटा शाखा कार्यालय र १४६ एटिएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३६ करोड ५९ लाख नाफा कमाएको थियो ।
FACEBOOK COMMENTS