काठमाण्डौं – हिमालयन बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्नेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
FACEBOOK COMMENTS