काठमाडौं, पुष ९ – हिमालयन बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फ्याको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त सहयाेग गरेकाे हाे ।
बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहकाबीच सो मेसिन हस्तान्तरण गरेका हुन् ।
अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS