काठमाण्डौँ — हिमालयन बैंक लिमिटेड कावासोती शाखाले दुर्घटना मृत्यू बिमा वापत प्राप्त भएको रु. पाँच लाख हस्तान्तरण गरेको छ ।
सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको रकम हस्तान्तरण गरेको हो ।
बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको रु. पाँच लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको हुन्छ ।
बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे ।
FACEBOOK COMMENTS