काठमाडौं, पुस १ – हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर-एक्युजिसन उपसमिति गठन गरेको छ।
नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर-एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको बैंकले जनाएकाे छ।
सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर-एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ।
यद्यपि हालसम्म मर्जरबारे कुनै पनि निर्णय नभएको बैंकले जनाएको छ।
FACEBOOK COMMENTS