काठमाडौं, माघ ६ – नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स्ले आफ्नो पहिलो उच्चउचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ ।
उक्त परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू शुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप भएको उक्त कम्पनीले बताएको छ ।
कम्पनीको वीमान त्रिभुवन अन्तरर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ : १७ बजे मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तरराष्ट्रिय विमानस्थलमा विहान स्थानीय समयअनुसार १०ः४६ बजे अवतरण भएको थियोे । ल्हासाबाट फिर्ती उडान आजै हुने पनि कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS