काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका अध्यक्ष अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका छन् ।
गोल्छाले फागुन २५ गते दिएको राजीनामा कम्पनीले गत बिहीबार (चैत ५ गते) स्वीकृत गरेको छ ।
गोल्छा अर्गनाइजेसन अन्तर्गतको हायर पर्चेच कम्पनी हुलास फिनसर्भको व्यवसायमा सक्रिय हुनुपर्ने अवस्था आएको कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ ।
सो कम्पनीले ७४ करोड ७६ लाख १३ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गर्दैछ । सोही कामका लागि उनी व्यस्त हुने भएकाले अध्यक्ष पदबाट राजीनामा दिएका बताइएको छ ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् । हिमालयन रि–इन्स्योरेन्समा आवद्ध हुनुअघि उनी तत्कालीन युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक थिए । हाल युनियनसहित तीन कम्पनी मिलेर हिमालयन लाइफ इन्स्योरेन्स बनेको छ ।

FACEBOOK COMMENTS