दुनै – हिमाली जिल्ला डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छ।
जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १ सय ३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो।
उक्त शडकमो उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार गरे।
सडक सञ्जालमा जोडिए पछि डोल्पा आर्थिक सम्वृद्धितर्फ लम्कने उपप्रधानमन्त्री पोखरलेले बताए। सुन सिरानीमा राखेर नुन खोज्ने कर्णालीको समृद्धिका लागि पहिलोद्वार सड्क पाएको पोखरेलले बताए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकट र गरिवको परिचय बोकेर बसेको कर्णाली प्रदेशलाई अब डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै सम्पन्नताको परिचय बदल्नमा सहयोगी हुने विश्वास व्यक्त गरे।
खदाङदेखि छलगाडसम्म जीप, ट्याक्टर र मोटरसाइकल पुर्याइएपछि स्थानीयले बाजागाजासहित अतिथीलाई स्वागत गरेका थिए।
औपचारिक उद्घाटन गरिए पनि डोल्पाको सदरमुकाम दुनै सम्म सिधा मालबहाक गाडिहरु संञ्चालनमा ल्याउनका लागि जाजरकोट डोल्पा सडकखण्डमा १३ वटा पुलनिर्माण गर्नुपर्ने छ।
FACEBOOK COMMENTS