काठमाडौं– हिरोले नेपाली बजारमा ‘एक्स्पल्स २०० टी’ र ‘ एक्स्ट्रिम २०० एस’ ल्याएको छ ।
नेपालमा हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले प्रिमियम मोटरसाइकल ल्याएको हो ।
एक्स्पल्स २००टी
एक्स्पल्स २००टी रेट्रो स्टाइलमा आधुनिक प्रविधि प्रयोग भएको बाइक हो । यसमा २०० सिसी सिभिकार्बुरेटर इन्जिन जडान गरिएको छ । यो मोटरसाइकलमा एकल च्यानल एबिएस, एलइडी हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटुथसहितको डिजिटल गति सूचकयन्त्र रहेको छ । यसको मूल्य ३ लाख ३२ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
एक्स्ट्रिम २०० एस
यसअघि उपलब्ध एक्स्ट्रिममा विभिन्न विशेषता थप गरी सार्वजनिक गरिएको १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमतायुक्त २०० सिसीको एयर कुल इन्जिन जडित छ । बाइकमा सुरक्षाका लागि एकल च्यानल एबिएसयुक्त २७६ मिमिको अग्र डिस्क र २२० मिमिको पछाडिको ब्रेक प्रणाली रहेका छन् । बाइकको मूल्य ३ लाख २२ हजार रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS