काठमाण्डौ– हिरो मोटोकर्पले स्ट्रिम २०० आर मोटरसाइकल बजारमा ल्याएको छ।
उसले हालहालै भारतमा सार्वजनिक गरेको छ।
नेपालमा भने आगामी दशैंको अवसर पारेर सो मोटरसाइकल ल्याउन लागिएको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडले जनाएको छ।
भारतमा यसको मुल्य ८९ हजार ९ सय ९० भारु तोकिएको छ पल्सर एनएस २०० र अपाची आरटीचार २०० लाई टक्कर दिन हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको हो।
मोटरसाइकलको विशेषता भनेको यो २ सय सिसिको सिंग्गल सिलिण्डर एयर कुल्ड भएको मोटरसाइकल हो।
नयाँ मोटरसाइकलमा ५ गेयर बक्स छ भने १८ दशमलव ४ बीएचपीको पावर छ ।
FACEBOOK COMMENTS