काठमाण्डौं– कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत हुम्लाको च्याछहराको स्थलगत निरीक्षण गरिएको छ ।
विस्फोटक पदार्थको अभावमा दुई वर्षसम्म रोकिएर काम सुरु भएको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडक खण्डको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानासहितको टोलीले कार्य प्रगतिको निरीक्षण गरेको हो ।
च्याछहराको कठिन भूगोलको भाग खुलेपछि हिल्सा सिमिकोट सडक सहज रूपमा ट्रयाक खुल्ने आशा गरिएको छ ।
चट्टान फुटाउने कार्य तीव्ररूपमा भइरहेको समयमा सडकको ट्रयाक खोल्नका लागि उच्च पदाधिकारीको टोली निरिक्षणमा गएको यो पहिलो पटक भएको छ ।
च्याछरा भीरमा धेरै ठूलो चट्टान भएका कारण समस्या भएको उक्त सडक आयोजना प्रमुख सशांक मिश्रले बताए ।
सडक खण्डको १ सय मिटरमा करिब ७० देखि ८० मिटर चौडा बनाउने कार्य अगाडि बढिरहेको प्रमुख मिश्रले बताए ।
– कारोबार
FACEBOOK COMMENTS