काठमाडौं, कात्तिक २ – लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा इलेक्ट्रिक गाडीको मूल्य निर्धारण गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइको इलेक्ट्रिक ३ वटा गाडीको मूल्य निर्धारण गरेको हो। कोना इभी सय किलो वाटको मूल्य ७६ लाख ९६ हजार निर्धारण गरिएको छ भने कोना इभी १ सय ५० वाटको ९४ लाख ९६ हजार तय भएको छ।
त्यस्तै आयोनिक सय वाटको ७६ लाख ९६ हजार तोकिएको छ। यसको यसअघि मूल्य ५५ लाख ९६ हजार थियो । कोना इभी १०० को ५५ लाख ९६ हजार र कोना इभी १५० को ६५ लाख ९६ हजार थियो। सरकारले इलेक्ट्रिक गाडीमा कर बढाएपछि सो गाडीको पनि मूल्य बढेको हो।
FACEBOOK COMMENTS