काठमाडौं, भदौ ३० – हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ ।
हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई भेन्यू एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सान्ट्रो म्याग्ना हस्तान्तरण गरेको छ ।
लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले गर्नु भएको थियो । १० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं.: ३९७), चन्द्र मणी पौडेल (कुपन नं.: २७५), श्रीजेश घिमिरे (कुपन नं.: ९९६), महेश्वर लाल सिंह (कुपन नं.: ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं.: ९४४), राजु शाह (कुपन नं.: ७६), दल बहादुर बि. क.(कुपन नं.: ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं.: ७१६), एन. आइ. सि. एसिया बैंक लि. ( ऋरइ ) निर्भीक सापकोटा (कुपन नं.: ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं.: ३५) ले दुबई भ्रमण जितेका थिए ।
हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान स्यान्ट्रो म्याग्ना, एक थान भेन्यू एस, १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्त गरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण गा्रहकहरुप्रति आभार व्यक्त गरे ।
सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।
FACEBOOK COMMENTS