हुम्ला,मंसिर १३ – हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो ।
चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् ।
हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन् । सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही माया लामाले बताइन् ।
यसअघि पहिलो पटक हिमपात हुँदा पानी पर्ने गरेको भए पनि यस पटक भने पानी नपरी हिउँ पर्न सुरु भएको छ। सिमकोटमा समेत हिउँ जम्न सुरु भएको छ। यसअघि अग्ला डाँडासम्म हिउँ जम्न सुरु भएको थियो। हिमपात भएपछि तापक्रम माइनस चार डिग्री पुगेको छ।
FACEBOOK COMMENTS