एजेन्सी – हुवावे कम्पनीले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजानिक गर्दै छ । स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कङ्ग्रेस एमडब्ल्यूसी २०१९ मा हुवावेले त्यस किसिमको आफ्नो पहिलो प्रोडक्ट सार्वजानिक गर्ने भएको हो ।
कार्यक्रम बार्सिलोनाको स्थानीय समयअनुसार दिनको दुई बजे अर्थात नेपालको समयअनुसार बेलुकी ६ः४५ बाट सुरु हुँदैछ । सो स्मार्टफोन लन्च गर्न हुवावेले लाइभस्ट्रिमिङ होस्ट गर्ने बताएको छ । फेसबुक पेजमा पनि उक्त कार्यक्रम लाइभस्ट्रिमिङ हुने बताइएको छ ।
मेट एक्स नाम दिइएको हुवावेको उक्त फोल्डेबल फोन हिजोबाट अनलाइनमा लिक भएको छ । लिक भएको विवरणमा सो फोन विश्वकै पहिलो फोल्डेबल फाइभ–जी फोन रहेको बताइएको छ ।
सामसुङले गत हप्ता आफ्नो फोल्डेबल फोन ग्यालेक्सी सार्वजनिक गरेको थियो ।
FACEBOOK COMMENTS