काठमाण्डौँ — हेटौंडाको भीमफेदी गाउँपालिका ८ इपापञ्चकन्याको वाग्मती दोभानमा निर्माणाधीन विद्युत् आयोजनाले आगामी फागुन महिनाको पहिलो सातासम्ममा विद्युत् उत्पादन गर्ने भएको छ ।
मंसिर महिनामा नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भए पनि पेनेस्टक पाइप जोड्न ढिलाइ भएकाले विद्युत् उत्पादन तीन महिनापछि धकेलिएको हो ।
६ सय मिटरमध्ये पेनेस्टक पाइप जडान गर्न ७० मिटर मात्र बाँकी छ ।
‘वर्षायामका कारणले गर्दा केही समय निर्माणको काम रोकिएको थियो,’ आयोजनाका आवासीय इन्जिनियर रत्न बोम्जनले भने, ‘पेनेस्टकको केही काम जोखिमपूर्ण स्थानमा रहेकाले काम गर्न ढिलाइ भएको छ ।
सिभिल वर्क र इलेक्ट्रो मेकानिकलको गरेर ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
विद्युत् गृहभित्र उपकरणहरू जडान गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको निर्माण कम्पनीका इन्जिनियर महेन्द्र अधिकारीले बताए ।
.— कान्तिपुर
FACEBOOK COMMENTS