काठमाण्डौँ — हेटौंडालाई नेपालकै प्रमुख औद्योगिक हब बनाउनुपर्नेमा जोड दिइएको छ ।
भौगोलिक हिसाबले नेपालकै मध्य भागमा रहेको र ठूला राजमार्गसँग जोडिएको कारण हेटौंडाको औद्योगिक विकास सहज भएको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको ५२ औं वार्षिक साधारणसभामा बोल्ने नेपालका उद्योगी व्यवसायी तथा सांसदले हेटौंडालाई ३ नम्बर प्रदेशको स्थायी राजधानी बनाई औद्योगिक प्रतिष्ठानको विकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।
औद्योगिक विकासले मात्र नेपालको समृद्धि सम्भव रहेको भन्दै त्यसका लागि सरकारले उचित वातावरण तयार गर्नुपर्ने उद्योगी व्यवसायीको भनाइ थियो ।
— कारोबार
FACEBOOK COMMENTS