काठमाण्डौँ — हेटौंडा उपमहानगरपालिका–५ का वडाअध्यक्ष राजेश बानियाँले आफ्नै खर्चमा ६० घरपरिवारको स्वास्थ्य बिमा गरिदिएका छन् ।
हेटौंडा–५ स्थित राई टोलमा रहेका ६० घरपरिवारको बिमा अभिकर्ता दमार्फत् बानियाँले स्वास्थ्य बिमा गरिदिएका हुन्।
बानियाँले स्वास्थ्य बिमा बापत् १ लाख ३२ हजार रुपैयाँ खर्च भएको बताए।
आर्थिक अवस्था कमजोर रहेकाहरूलाई आफ्नो तर्फबाट औषधि उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS