काठमाण्डौँ —नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीको चार्टर उडानमा भाडा दर तोक्ने भएको छ ।
प्राधिकरणका महानिर्देशक संजिव गौतमले अब हेलिकप्टरले लिन पाउने न्यूनतम देखी अधिकतम् चार्टर उडान भाडा तोक्ने बताए।
भाडादरबारे हेलिकप्टर कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघसँग पनि छलफल गरी तय गरिने महानिर्देशक गौतमले बताए।
सरकारको कुनै मापदण्ड नभएका कारण नेपाली हेलिकप्टर कम्पनीहरुले मनलाग्दी भाडा असुल्दै आएका थिए।
हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी छन्।
यीसँग २८ वटा हेलिकप्टर छन्।
– कान्तिपुर
FACEBOOK COMMENTS