काठमाण्डौ – सरकार र हेलिकोप्टर व्यवसायीबीच छलफल भएसंगै हेलिकप्टरको नयाँ भाडादर निर्धारण गरिएको छ।
पर्यटक उद्धार गर्दा हेलिकोप्टर व्यवसायीले मनलागी भाडा असुल गरेको गुनासो आएपछि सरकार र व्यवसायीबीच नयाँ भाडादरमा सहमति भएको हो।
नयाँ भाडादर अनुसार उद्धारमा खटिने हेलिकोप्टरले प्रतिघण्टा २ हजार अमेरिकी डलरमा उडान गर्नुपर्ने भएको छ।
सगरमाथाका ४०, अन्नपूर्णका ४४, मनास्लुका १५, कञ्चनजंगा १०, धौलागिरी ४, डोल्पा र तराईका ८, रोलवालीङका ९ लगाएत अन्य क्षेत्रका लागि यो भाडादर निर्धारण गरिएको हो।
एयरलाइन्स अप्रेसन एसोसिएसन नेपालका अनुसार यो भाडादर काठमाडौंबाट यी स्थानमा उडान गर्ने हेलिकोप्टरका लागि मात्र लागू हुने छ।
पोखरा र लुक्लाबाट हिमाली क्षेत्रमा उडान गर्दाको भाडादर भने फरक रहेको एसोसिएसनले जनाएको दिएको छ।
यो भाडादर एएस ३५० बी र बेल २०६ सिरिजका हेलिकोप्टरलाई लागू हुनेछ।
७७ जिल्लाका लागि भने सामान्य अवस्थामा प्रतिघण्टा हेलिकप्टर उडानको रकम १५ सय अमेरिकी डलर तोकिएको छ।
FACEBOOK COMMENTS